नियम
अधिकार प्राप्त व्यक्तिले निवेदन दिने
नियम ५ बमोजिम दल दर्ता गराउनको लागि आयोग समक्ष निवेदन दिने प्रयोजनका निम्ति सो राजनैतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहका समितिका सभापति वा महामन्त्री वा सो सरहका पदाधिकारीले अनुसूची–२ बमोजिमको ढाँचामा अधिकार दिएको व्यक्तिले त्यस्तो दल दर्ता गराउन सो दलको तर्फबाट आयोग समक्ष निवदेन दिनु पर्नेछ । यसरी अधिकार प्राप्त व्यक्तिले राजनैतिक दलको तर्फबाट दल दर्ता गराउन आयोग समक्ष दिएको निवेदन त्यस्तो
राजनैतिक दलले दिएको मानिनेछ ।